मनाङ । विपक्षी दलको उमेदवारी नै नपरेपछि मनाङको नासो गाउँपालिकामा कांग्रेसका तीन वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गरेका उनीहरू निर्विरोध वडाध्यक्ष भएका हुन् ।

निर्विरोध हुनेमा नासो गाउँपालिका ५ का वडाध्यक्ष थुतेन लामा रहेका छन् । ‘ग्लोबल नागरिक’ संगको फोनसम्पर्कमा उनले भने, “मैले त सोमबार नै उमेदवारी दिएको थिएँ, त्यो पदमा अरू कसैको उमेदवारी नै परेन । निर्विरोध भइयो ।”

उनीबाहेक सोही गाउँपालिकाको वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । उनीहरू निर्विरोध भए पनि निर्वाचन अधिकृतको कार्यालयले भने घोषणा गर्न बाँकी छ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com