काठमाडौं । सिक्किमको पाकयोङ्गमा आयोजित ओपन पिकलबल च्याम्पियनसिप २०२३ मा साठ्ठी प्लस उमेरसमूह तर्फ नेपालका कुमार प्रधान फाइनल प्रवेश गरेका छन्।

सिक्किम पिकलबल एशोसियसनले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालबाट पिकलबल एशोसियसन नेपालका १५ खेलाडी सहभागी भएका छन्। जसमा हालसम्म साठ्ठि प्लस उमेरसमुह तर्फ कुमार प्रधान सेमिफाइनल प्रवेश गरेका छन् भने अण्डर नाईन्टी (U-१९) तर्फ नेपालका स्वयंराज पाण्डे र प्रतीक सुबेदे सेमिफाइनल प्रवेश गरेका छन्।

बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com