काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न दुई दर्जन कम्पनीलाई कालोसूचीमा राखेको हो ।

विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कालोसूचीका परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनैपनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com