काठमाडौं । नेपाली कांग्रेस काठमाडौं को गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धन दलहरुसँग तालमेल नगरी प्रतिस्पर्धा मा होमिएको छ । गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने तालमेल गरेरै  अघि बढे ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचीव समेत रहेका दीपक रिसालले गोकर्णेश्वर नगरपालिकाको मेयरका रुपमा उम्मेदवारी दर्ता गराए । उपमेयरको लागी भने कांग्रेसकी शान्ति नेपाल प्रतिस्पर्धामा छिन् जो २०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर पदमा निर्वाचित भैइसकेकी छिन्  । 

२०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पद कांग्रेस एक्लै जितेको थियो ।गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिए । एकीकृत समाजवादीको तर्फबाट गोपाल बराल मेयरको रुपमा उम्मेदवार छन् भने माओवादी केन्द्रका पेमाछिरी शेर्पा उपमेयरको उम्मेदवार छन् । 
माओवादी केन्द्रले गोकर्णेश्वर नगरपालिका  वडा नम्बर १,२, ३, ५, ७ र ९ तथा एकीकृत समाजवादीले सोही नगरपालिकाका ४, ६ र ८ नम्बर वडा लिएर सिट बाँडफाँट गरे ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com