भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटो चोकमा सोमबार राति टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियनमैत्री अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com