काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा र बढुवाका लागि अनुचित लाभ लिने-दिने दुवैलाई कारबाही गर्ने बताएका छन् ।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै उनले त्यस्ता कार्यका लागि कसैलाई पनि लेनदेन नगर्न चेतावनी दिए । उनले त्यसो गर्नेहरूलाई कारबाही हुने बताए ।

उनले भने,‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो । बिचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दै छु । खबरदार १ कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु । त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ । सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ । शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिन परो भन्नुहुन्छ । त्यसो त हुन्न भन्दा तपाईँले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ । १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ । हामीले सुशासनको स्थापना गर्न कदम चालेका छौँ, कुन पार्टीको को पर्छ मलाई थाहा छैन । आज कुनै पार्टीको को परे होला, भोलि मेरै पार्टी माओवादीको नेता परेमा आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन नगरीकन समृद्ध देश बनाउने कोरा नारा हो । ’

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिए । उनले समृद्ध देश नबनाई कन आमजनतालाई परिवर्तनको उपलब्धि दिन नसकेको बताए ।

 

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com