काठमाडौं । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत राप्रपामा रहेका बेला राजाको कुरा उठाउंदा सवैले मरेको सिनो र यस्तो हत्यारोलाई किन बोकेको भन्दै प्रश्न गरेको बताएका छन् ।

एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै थापाले भने –’सबैले मरेको सिनो राजा लाई किन बोकेको भन्थे, छोडेर राम्रै भयो।’

निर्मल निवासले नांगो हस्तक्षेप गर्दै महाधिवेशनबाट हराएर नियतिले राजाको अनुयायी बन्न बाट मुक्त गरेको पनि थापाले बताए । थापाले महाधिवेशनमा भन्दा पहिले ज्ञानेद्रले तिमीले पार्टी छोड्देउ भनेको भए आफूले सहजै मान्ने पनि स्पष्टीकरण दिए ।

एकदिन राजेन्द्र लिंगदेनको अवस्था पनि आफ्नो जस्तै हुने बताउंदै थापाले उक्त टेलिभिजन कार्यक्रममा एमालेसंगको सहकार्य, कन्जरभेटिभ राजनीति , दरबार र राजा ज्ञानेन्द्रसंगको संगतका बारेमा विस्तृत बताएका छन् ।

 

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com