काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका १६ अभियुक्तलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।

अदालतको आदेशअनुसार १६ जनालाई फोटो खिचेर उनीहरूको अभिलेख दर्ता गराई कारागारभित्र राखिएको थियो । भित्र पुगेपछि इन्द्रजित राईले ‘यहाँ के–के खान पाइन्छ ?’ भनेर कारागार प्रशासनसँग सोधेका थिए ।

आफू मधुमेहको बिरामी भएकाले भात नखाने र रोटी चाहिने उनको भनाइ थियो । रोटीको व्यवस्था हुने जेलर ललित बस्नेतले जानकारी गराएपछि उनले घरबाट खाना ल्याउन पाइन्छ कि पाइँदैन भनेर सोधेका थिए । पकाएको खानेकुरा जेलभित्र लैजान बन्देज छ ।  जेलभित्र सबैलाई समान व्यवहार हुने जेलर बस्नेत बताउँछन् । ‘जेलभित्र कोही सानो–ठूलो हुँदैन, सबैलाई यहाँ समान सेवा–सुविधा हुन्छ,’ उनले भने ।

जम्मा एक हजार पाँच सय क्षमता भएको केन्द्रीय कारागारभित्र करिब तीन हजार चार सय कैदी–बन्दी छन् । केन्द्रीय कारागारभित्र तीनवटा ब्लक छन् । केन्द्र, भद्र बन्दीगृह र महिला कारागार । क्षमताभन्दा धेरै कैदी–बन्दी भएकाले व्यवस्थापनमा समस्या भएको जेलर बस्नेत बताउँछन् । कैदी–बन्दीले दैनिक ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामलको सुविधा राज्यबाट पाउँछन् ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com