काठमाडौं । महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि काम नगर्न सबै सरोकारवालाहरूसँग आग्रह गरेका छन् । उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई पदबाट हटाइनेसमेत चेतावनी दिएका छन् ।

पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउनेसमेत चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com