काठमाडौं । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति समारोहलाई सानेपामा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले घोषणापत्रमा एमालेमाथि गाली, संविधानका केही कुरा उतार र एमालेको घोषणापत्रको कपी गरेर काँग्रेसले लद्दु विद्यार्थीले चिट चोरेजस्तो रहेको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले जनताले काँग्रेसको घोषणापत्र नपढ्ने दाबी समेत गरेका छन् । काँग्रेसको घोषणापत्र कमसेकम एकपटक पढौँ भन्दै उनले त्यो पढेपछि काँग्रेस के हो भन्ने कुरा बताउने बताए । उनले सुशासन र लोकतन्त्रका बारेमा काँग्रेससँग कुनै योजना नरहेको बताए। उनले काँग्रेसको घोषणापत्रको पक्षमा कोही बुद्धिजीवीलाई लेखेर देखाउन चुनौती समेत दिए । उनले काँग्रेसले राजनीतिक क्यारेक्टर समेत गुमाउँदै गएको आरोप लगाए ।

उनले माओवादी पार्टी नभएको भन्दै केन्द्र भएको बताए । ‘माओवादी पार्टी होइन, माओवादी सेन्टर । त्यसले चुनावी घोषणापत्र नै निकालेन । काँग्रेसले निकालेकै छ, भइगयो भन्छ’, उनले माओवादीले के गर्छ भन्ने थाहा नै नभएको बताए । सत्ता गठबन्धनमा रहेका पार्टीहरूले निकालेका चुनावी घोषणापत्रबारे टिप्पणी गर्दै ओलीले काँग्रेसले निकालेको घोषणापत्रलाई ‘गालीपुराण’ को संज्ञा दिए । ‘पार्टीको घोषणापत्र यतिसारो बिसन्चो ?’, ओलीको भनाइ छ।

‘अहिले यो गठबन्धनमा रहेकाहरू तानाशाह मनोवृत्ति नै मनोवृत्तिका मात्रै छन्’, ओलीले भने, ‘यिनीहरूको एकताको सूत्र एउटै हो एमाले । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर सबै एकै ठाउँमा पुग्छन् । फेरि त्यहाँ एकै ठाउँ बसेपछि डर्याङडुरुङ गरेर छरिन्छन् ।’ उनले काँग्रेसमाथि दया लागेको भन्दै कम्युनिस्ट नामका चल्लाहरूलाई चेपेर बसेको बताए । ‘माथि चिल आयो भने मुसो दुलोभित्र पसेजस्तो र आकाशमा चिल देख्दा चल्ला माउका पखेटामुनि पसेजस्तो,काँग्रेसका पखेटामा पसेका छन्’, ओलीको भनाइ छ । उनले नेपाली काँग्रेसको नेतृत्व र सरकार यस्तै भइरहे एमालेलाई सजिलो हुने भएकोले धन्यवाद दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com