काठमाडौं । नेपालमा गैरकानुनी ‘वानएक्सबेट’ लगाएत डिजिटल बेटिङ एपमा प्रहरीको निगरानी बढेपछि बेटिङ एजेन्टहरुले अवैध डिजिटल एप मार्फत हुण्डी कारोबार गर्ने गरेको पाइएको छ।

वानएक्सबेटको प्रचार गरेको आरोपमा प्रहरीले चर्चित हांस्यकलाकार लगाएत युटुवरहरुलाई पक्राउ गरेपछी विभिन्न बेटिङ कम्पनीका एजेन्टहरु बेटिङएप छाडेर डिजिटलएप मार्फत हुण्डी कारोबारमा संलग्न भएको पाईएको हो।

नेपालमा अवैध क्यासएप, बायनान्स मार्फत क्रीप्टोकरेन्सीको कारोबार गरेर अवैधरुपमा नेपालमा डिजिटल हुण्डी कारोबार भईरहेको छ।

प्रहरीले बेटिङमा कडाई गरेपछी बेटिङ कम्पनीका एजेन्टहरु डिजिटल एम मार्फत गैरकानुनी कारोबार गरेर आम्दानीको नयाँ स्रोत बनाईरहेका छन्। केहि आम्दानीको प्रलोभनमा नेपालमा दैनिक करोडौंरुपैयाँ डलरमा कारोबार भईरहेको छ। जसले गर्दा राज्यले समेत ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ।

पछिल्लो समय डिजिटल एपको प्रयोगगरि नेपालमा अवैध रुपमा डिजिटल हुण्डी कारोबार बढ्दै गईरहेको छ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com