काठमाडौं । भारतमा चलचित्र आदिपुरुष दिनदिनै विवादित बन्दै गइरहेको छ । यस क्रममा भारतको क्षत्रिय करणी सेना समूहले यस चलचित्रका सबै कलाकारलाई झपड हान्ने चेतावनी दिएको छ ।
क्षत्रिय करणी सेनाले मध्य प्रदेशको राजगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार हिन्दु धार्मिक ग्रन्थलाई अवहेलना गरेको भन्दै आदिपुरुष चलचित्रसँग सम्बन्धित अभिनेता, अभिनेत्रीसँगै सबै कलाकारलाई झापड हान्ने बताएका हुन् ।
क्षत्रिय करणी सेनाका राष्ट्रिय अध्यक्ष राज शेखावतले भनेका छन्- अनुसार आफूहरू हिन्दु धर्मको अवहेलना सहन सक्दैनौं । उनका अनुसार चलचित्र आदिपुरुषमा देवी–देवताको वस्त्र उचित खालको छैन ।
उनी भन्छन्,‘धार्मिक ग्रन्थ मनोरन्जन गर्ने माध्यम होइन । हामी यो सहँदैनौं हामी सबैसँग हिसाब खोज्छौं ।’
शुक्रबार रिलिज भएको उक्त चलचित्रले हालसम्म ३४० कारोड भारु कमाइसकेको छ । सो चलचित्रको सम्वादहरू पनि विवादित बनेका छन् । क्षत्रिय करणी सेना संगठन सन् २०१७ यता चर्चित छ जब उक्त समूहले चलचित्र पद्यावतको विषयमा यस्तै धम्कीपूर्ण सन्देश दिएका थिए ।
–बीबीसी हिन्दी
प्रकाशित मिति: ४ असार २०८०, सोमबार
प्रतिक्रिया