काठमाडौं । वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा अर्का युट्युबर पक्राउ परेका छन् ।

आफ्नो युट्युब च्यानलबाट वान एक्स बेटको प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड दिएर विज्ञापन गरेको आरोपमा प्रहरीले २२ वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको स्थायी घर काभ्रेपलाञ्चोकको तेमाल–८ हो । हाल उनी बूढानीलकण्ठ बस्दै आएका थिए ।

उनीलाई सटेबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ ।
केहीदिन अगाडि वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठजनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १० असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com