काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।

 

पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएको बताएकी थिइन् ।

लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो । उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।
अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो ।

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो ।

प्रकाशित मिति: ११ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com