काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो।

ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतोको रहेको भन्दै शाहलाई सिआइबीले पक्राउ गरेको हो।

शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले पुष्टि गरिन्। यो प्रकरणमा सिआइबीको अनुसन्धान जारी छ। व्यवसायी मीनबहादुर गुरुङसहित सात जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ। यो प्रकरणमा सिआइबीको अप्रेसन जारी छ।

प्रकाशित मिति: १२ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com