काठमाडौं । उच्च अदालत पाटनले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग स्पष्टीकरण साेध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

मङ्गलवार न्यायाधीशहरू गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले मेयर शाहसँग स्पष्टीकरण साेध्ने नागरिक उड्डयन प्राधिकरणको यसअघिको निर्णय र पत्र कार्यान्वयन नगरि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाण्डाै महानगरको नगर प्रहरीले त्यहाँको फेन्सिङ तारलगायतका सामग्री नियन्त्रणमा लिएको थियो । प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै मेयर शाहसँग स्पष्टीकरण साेधेकाे थियो । प्राधिकरणको याे निर्णयविरुद्ध मेयर शाहले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो ।

यसअघि असार ७ गते यस मुद्दामा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले नागरिक उड्डयन प्राधिकरणको पत्र कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो ।

यस्तै उच्च अदालत पाटनले मेयर बालेन्द्र शाहलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चलचित्र सङ्घले दायर गरेको रिटमा न्यायाधीशहरू हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले भारतीय चलचित्रको प्रदर्शनमा अवरोध नगर्न मेयर शाहको नाममा अन्तरिम आदेश दिएको छ ।

प्रकाशित मिति: १२ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com