काठमाडौं । काठमाडाैं महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी विद्यालयका शिक्षकलाई पनि सरकारीसरह तलब सुविधा दिन निर्देशन दिएकाे छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनले एक सूचना जारी गर्दै सबै निजी विद्यालयमा कार्यरत शिक्षकलाई सरकारीसरह तलब दिन निर्देशन दिएका हुन्।

संस्थागत विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्युन भएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको स्मरण गराएका छन् ।

यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको व्यहाेरा पनि बालेनले स्मरण गराएका छन् । उनले कानुन बमोजिम तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: १४ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com