काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

विद्यार्थीहरूले योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने छन् ।
काठमाडौँ महानगरका मेयर बालेन साहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com