काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लब पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको हो ।

बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् ।

बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पुर्‍याई बलात्कार गरिएको थियो । सो अभियोगमा प्रहरीले खोटाङको बाह्र पोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com