काठमाण्डौ–काठमाण्डौ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारि दिएकी सिर्जना सिंहले काठमाण्डौ लाई सुशासन दिलाउनु आफ्नो सबैभन्दा ठुलो लक्ष्य रहेको बताएकी छिन् ।
नेपाल महिला सङ्घ काठमाण्डौ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २५ वर्षदेखि लथालिङ्ग रहेको काठमाण्डौ महानगरलाई सुव्यवस्थित गर्नका लागि आफूले मेयरमा उम्मेदवारी दिएको बताइन् ।’कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ‘, उनले भनिन्। काठमाण्डौ महानगरभित्र कसैको आमा, कसैको दिदी, कसैको भाउजु, कसैको बुहारी र कसैको सासु भएर काम गरेर देखाउने उनले बताइन् ।

नेत्री सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासु मङ्गलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिलाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गर्दै आफुले अधिक समय पद बिना नै राजनीति गरेको र अब पद का लागि अगाडि बढेको बेला सारा काठमाण्डौवासी बाट सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको बताईन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रहेकी आरजु राणा देउवाले नेपालको मुटु काठमाण्डौमा महिलाले मेयरको उम्मेदवारी पाउनु खुसीको कुरा भएको बताइन् ।कांग्रेसले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उनलाई जिताउनका लागी काठामाण्डौवासीलाई उनले आग्रहसमेत गरिन् ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com