काठमाडौं । काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी माग गरेको छ । महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।

महानगरले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिन्छ ।’

सूचना प्रकाशित भएको १५ दिनभित्र नागरिकता, प्रवेश पत्रको प्रतिलिपि सहित प्रशासन विभागमा निवेदन बुझाउन सकिने महानगरले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com