काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र गर्भगृहमा स्थापित जलहरीमुनि थप ४३ तोला सुन भेटिएको छ । शुक्रबार बिहान जलहरी राखिएको मुनितिर सफ गर्नेक्रममा सुन फेला परेको हो।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा सुन र जर्ति भेटिएको बताए। उनकाअनुसार सुन खोज्नेक्रम जारी रहेको छ।

यसअघि असार ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर जाँच गरेको थियो ।

 

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com