काठमाडौं । कट्टु (हाफ पाइन्ट) लगाएर धुलिखेलस्थित काभ्रेपलाञ्चोकको सिडिओ कार्यालय छिरेका तीन युवक पक्राउ परेका छन् । राहदानी बनाउन गएका भनिएका ती युवकको अमिल्दो पोशाक र होहल्लाका कारण नियन्त्रणमा लिइएको बताइएको छ ।

‘आज बिहान पौने १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो,’ जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो । काभ्रेको चौरी देउराली गाउँपालिका ४ का केशवप्रसाद गौतमका २७ वर्षे छोरा सुरज गौतम, नमोबुद्ध नगरपालिका ७ का राजकुमार श्रेष्ठका १६ वर्षे छोरा रेजियन श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरुले काम ढिलो भएको भन्दै हल्ला गरेपछि प्रहरीले कार्यालयभित्र कट्टु लगाएर आएको आरोप लगाएको थियो । आफूहरुले सम्झाउँदा पनि नमानेको र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलसँग मुखमुखै लागेपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

जिल्ला प्रशासनभित्र भिडियो खिचेको, कट्टु लगाएर सरकारी कार्यालयमा प्रवेश गरेको र होहल्ला गरेको आरोपमा नजिकैको जिल्ला प्रहरी कार्यालय पुर्याइएको बताइएको छ ।

 

केहि समय अगाडि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्यालयमा सेवाग्राहीलाई कट्टु (हाफ पाइन्ट) लगाएर आउन बन्देज लगाएको थियो।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com