काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका काठमाडौं महानगरका मेयर बालेन शाह सर्वोच्च अदालतमा तारिख धाउन थालेका छन् ।
उनले आइतबार सो मुद्दामा पहिलो तारिख बुझेका छन् । अदालतको तारिख बुझेपछि बालेनले तारिखको तस्वीर सार्वजनिक गरेका छन् ।
उनले ‘प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा’ तर आफू भने अपराधी भएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: २४ असार २०८०, आइतबार
प्रतिक्रिया