काठमाण्डाै । सरकारले आउँदो असार मसान्तसम्मका लागि मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान हरु नेपाल भित्र्याउन रोक लगाइएको हो ।                                                                                            मोबाइल सेट, २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन पनि ल्याउन रोक लगाइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान पनि भित्र्याउन पाईने छैन ।
सबै प्रकारका खेलौना तथा तास त्यस्तै कुरकुरे, कुरमुरे, लेज र यस्तै अन्य प्रकारका उत्पादनहरु पनि भित्र्याउन रोक लगाईएको छ । सबै प्रकारका मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
कूटनीतिक नियोगका अधिकारीहरु तथा वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुले पनि नियमअनुसार आयात गर्न पाउने छन्  ।


 

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com