काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् । केसीले दायर गरेको मुद्दामाथि बुधबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो।

भुवनले २०७७ साउन ९ गते साम्राज्ञीविरुद्ध ‘गाली बेइज्जती’को मुद्दा दायर गरेका थिए । न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको हो।

त्यसबेला भुवन र साम्राज्ञी सामाजिक सञ्जाल र मिडियामा लामो भनाभन भएपछि विवाद अदालतमा पुगेको थियो । त्यतिबेला चलेको विवादमा साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिएका थिए । बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो।

त्यतिबेला साम्राज्ञीले ‘मानहानी’ भएको बताएकी थिइन् भने भुवनले पनि १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com