काठमाडौं । उच्च अदालतले कुमारी बैंकलाई पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चलल क्यान्सर अस्पतालको नाममा रहेको ३० करोड गरि एक अर्ब रुपैयाँ ऋण तिर्न बैंकले ताकेता गरेपछि उनी अदालत पुगेका थिए ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com