काठमाडौं । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस चितवनको दासढुंगामा दुर्घटनामा परेको छ । ४० यात्रु सवार बस दुर्घटना हुँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
शुक्रबार बिहान ५ बजेर २० मिनेटमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, दासढुङ्गामा बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ ।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका एक जनालाई भने काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार
प्रतिक्रिया