पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । पीडित भनिएकी युवतीले नै बकपत्रमा शाह निर्दोश छन् भनेपछि दोषी भन्न नमिल्ने अदालतले जनाएको छ ।

यो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाइ भएको थियो । सोही इजलासको पूर्णपाठ सार्वजनिक भएको हो ।

‘निज निर्दोष छन् भन्ने समेत बेहोराबाट बकपत्रमा गरेको देखिन्छ । यसरी जो व्यक्ति पीडित भयो भनी जाहेरी दरखास्त परेको छ र आफू जबरजस्ती करणीको वारदातमा परि पीडित भएको भनी मौकामा कागज गर्दछिन् उनै व्यक्तिले अदालतमा उपस्थित भई आफू पीडित होइन, मेरो बुवाले अरुको उक्साहटमा जाहेरी दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भनी सुरु अदालतमै व्यक्त जाहेरवाला निज पीडित कै पिता र नाबालिकाले बकपत्र गरेको स्थितिमा अभियोग दावी बमोजिमको जबरजस्ती करणीको वारदात भएको भन्न मिल्ने देखिएन,’ आदेशको पूर्णपाठमा भनिएको छ ।
शाहलाई नाबालिकामाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध सरकारी वकिल कार्यालय र शाह दुबै उच्च अदालत पोखरा पुगेका थिए ।

प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com