काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ।

ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले चाहिँ प्रहरीको गाडी बिग्रिएकाले हिँडाएर लगिएको दाबी गरे । उनले भने, ‘प्रहरीको गाडी पुरानो छ, बाटोमा बिग्रिएकाले हुनसक्छ ।’
तर, प्रहरी वृत्त, लैनचौरका एक अधिकृतले ‘माथिको आदेश’ अनुसार नै हत्कडी लगाएर सडकमा हिँडाएको बताए ।

एसएसपी कार्कीले केहीअघि बैंकिङ कसूरका एक आरोपीलाई पनि हिँडाएर टेकुस्थित प्रहरी हिरासतसम्म लगेका थिए । कपिलवस्तुमा एसपी छँदा उनले ठगी आरोपका ईश्वरीप्रसाद पोखरेल भनिने गोपाल कामीलाई हत्कडीसहित बजारमा डुलाएका थिए ।

 

प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com