बुटवल– रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ ।बुटवल उपमहानगरपालिका–६ बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो।               लुटेरा समूहले वेल्डिङ्ग मेसिन प्रयोग गरेर पसल तोडफोड गरेको बताएको छ । दुई किलो सुनका गहना, दुई किलो २५ तोला काँचो सुन र ५ लाख नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।
पसल सञ्चालक डिलबहादुर सुनार का अनुसार घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी गरिएको बताए।चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएको र खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com