काठमाडौँ । लोक सेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ।

अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । उनीहरूले पुस्तक प्रकाशन गृहविरुद्ध पनि नाराबाजी गरेका थिए।

नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द समावेश गरिएको क्रान्तिकारीले जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com