काठमाडौं । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । यसअघि उनी निलम्बनमा थिए।

सनुचाँदी व्यवसायीसँग घुस लिएको आरोपमा केसी बर्खास्त भएका हुन् । उनी इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत थिए।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको जनाइएको छ।

यसअघि बिहीबार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले डीएसपी केसीलाई बिहीबार निलम्बन गरेको थियो ।
केसीलाई अवैध सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको थियो।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौँ नगद र ३५ तोला सुनसमेत बरामद गरेको थियो ।

प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com