काठमाडौँ । वन पैदावार विकास सङ्घर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ। प्रदर्शन सँगै वन परिसरको प्रवेशद्वारमा धर्ना बसिरहेका छन्।

लामो समयदेखिको तलब दिन माग गर्दै समितिका कर्मचारीले प्रदर्शन गरेका हुन् । विगत ११ महिनादेखि तलब नपाएको उनीहरूको भनाई छ ।

पाउन बाँकी तलब भत्ताको व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने, श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने, वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने र वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्ने माग माग उनीहरूले राखेका छन् ।

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com