काठमाडौं । होर्डिङ बोर्ड र यातायातका टिकट काउन्टर हटाएर कानुनको पालना गर्न भन्दै माइकिङ गर्दै हिँडेको काठमाडौं महानगरपालिकाको प्रहरी कोटेश्वरमा आफैँ भने ट्राफिक नियम मिचेर ‘रिङरोड’ काट्दै मोबाइलमा गफिँदै उनीहरूले बिन्दास पाराले अकासे पुलको छेवैबाट सडक पार गरे ।
त्यहाँबाट करिब दुई सय मिटर उत्तरतिर कोटेश्वरचोकमा जेब्राक्रस पनि छ । तर, महानगरका प्रहरीले बाटो काट्न न अकासे पुल चढे, न जेब्राक्रस रोजे।
महानगरवासीलाई नियम पालना गराउन हिँडेका उनीहरूको ‘मनमौजी’ शैली अकासे पुल हुँदै बाटो काटिरहेका बटुवाले पनि पुलमै रोकिएर हेरे ।
प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार
प्रतिक्रिया