काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटेल भियनामा छापा मारेको छ ।

विभागको टोलीले आइतबार बिहान भियनामा छापा मारेर केही कागजात र सामग्रीहरू बरामद गर्नुका साथै एक जना नेपाल मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको एक अधिकारीले बताएका छन् ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको आशङ्का पछि विभागले होटेल भियनामा छापा मारेको हो ।

विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिई सकेको अवस्थामा सिनामंगलबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।

विभागले ट्याक्सी चालकसहित रेडी ट्रेड प्रा.लि. नामक कम्पनीका सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ । तर भुजेललाई तस्कर समूहले २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रूपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ । यससँगै प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मूलका तिब्बतीय नागरिक समेत पक्राउ परेका छन् ।

हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com