काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आएको छ ।

 प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबबाट ताम्राकारको मोबाइल जाँच रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीका अनुसार ३१ वर्षीय सारुकले लेखेको ‘१ पेज लामो’ सुसाइड नोट मोबाइलमा भेटिएको छ । सारुक असार २८ मा घरमा मृत अवस्थामा भेटिएका थिए ।
मोबाइलमा नोट लेख्दै सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आफ्नो मृत्युमा उनले कसैलाई आरोप लगाएका छैनन् ।’

‘साथीभाइ, आमा र बुवालाई उनले सम्झना गरेका छन्’, ती अधिकृतले भने, ‘आफ्नै कारण घटना भएको नोटमा लेखेका छन् ।’

आफ्नो मृत्युमा कसैलाई दोष नदिएका सारुकले आमालाई सम्झदै भनेका छन्, ‘अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ ।’

नोटमा उनले थप लेखका छन्, ‘पुलिसहरू डन्ट फ..* मि कन्ट्रोभर्सी, इट्स अल माई फल्ट । यो सबै यहीँ अन्त्य हुनु थियो, बन्द भयो । मेक मि रेस्ट इन पिस ।’

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com