गुल्मी । गुल्मीका एक वडाध्यक्षले पदबाट राजीनामा दिइ वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मुसिकोट नगरपालिका–३ का अध्यक्ष कर्णबहादुर घर्ती क्षेत्रीले उक्त पदबाट राजीनामा दिइ सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।


उनले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका थिए । केही दिनअघि एमाले परित्याग गरेका उनले अहिले भने एकीकृत समाजवादीमा समाहित भएर गठबन्धनको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।


जिसीले भने, ‘मलाई पार्टीले मुसिकोट नगरपालिकाको उपमेयरमा उठ्नु प-यो भनेर भनेको थियो । मैले भने युवाहरुलाई ठाउँ दिनुपर्छ भनेर श्रीराम महतलाई उठाइयो । त्यसपछि मलाई फेरि पार्टीले जिल्ला समन्वय समिति जानका लागि वडा सदस्यमा उठ्न भन्यो । त्यसपछि पार्टीले दिएको जिम्मेवारी पुरा गरेको हुँ । ’


मुसिकोट नगरपालिकाको उपमेयरको उमेदवार भएका महतले जिसीलाई वडा सदस्यमा जिताइ जिल्ला समन्वय समितिमा लगिने बताए ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com