काठमाडौं । मगर तथा तामाङ समुदायलाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता भगवती पाण्डे बुधवार पक्राउ परेकी छन् ।

पाण्डेलाई पक्राउ गरेर बयान लिने काम भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकार तथा उक्त समुदायका व्यक्तिहरू आन्दोलित छन् ।

 

आन्दोलनका कारण जिल्ला प्रहरी परिसर टेकुअगाडि झडप समेत भएको थियो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास नै प्रहार गर्नुपरेको छ ।
पाण्डेले तामाङ तथा मगरहरूमा मामा तथा फुपूका छोराछोरीबीच हुने विवाहका विषयलाई लिएर अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिको संसददेखि सडकसम्म विरोध भइरहेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com