काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ।
अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ।
असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ
प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा मन्त्रीहरुसहित जम्बो टोली सहभागी थियो ।
प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार
प्रतिक्रिया