काठमाडौं । ललितपुरको महाँङ्काल गाँउपालिकाले स्थानीय कृषकले उत्पादन भएको दुधमा कर लगाएपछि स्थानीय कृषकहरुले बिरोध गरेका छन्।

पालिकाको निर्णय अनुसार प्रति लिटर २० पैसा कर दुधमा लगाएपछि कृषकहरुले बिरोध जनाएका हुन् । शुत्रबार पालिका परिसरमा स्थानीयले दिनभर बिरोध गरेका थिए । पालिकाले गरेको निर्णयले आफुहरु घाटामा जाने भन्दै स्थानीय कृषकहरुले पालिका घेराउ समेत गरेका थिए ।

पालिका अध्यक्षले कृषकहरुलाई कृषि प्रति उत्साह गराउनु पर्ने ठाउँमा प्रति लिटर २० पैसा कर लगाएर कृषिमा ‘डिमोटिभेट’ गरेको भन्दै कृषकहरु आन्दोलित छन्। दुधमा लगाएको कर फिर्ता गर, लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गर्दै पालिका घेराउ गरिरहेका छन्।

 

यता गाउँपालिका अध्यक्षले भने दुधमा लगाएको कर कृषकका लागि नभई दुध संकलकलाई प्रति लिटर १०पैसा र डेरीलाई १० पैसा गरी जम्मा २०पैसा कर लगाएको बताउछन्। यता कृषकहरु भने यो कर पछि आफुहरुलाई पर्नआउने दावी गर्दछन् ।

विरोध प्रदर्शनपछी आन्दोलनरत किसान महासंघ पक्ष र गाउँपालिका पक्षबीच समस्या समाधानका लागि भएको छलफलका क्रममा गाउँपालिका प्रमुख गणेश केसी पालिकाले गरेको उक्त निर्णयबाट पछि नहट्ने अडान राखेपछि अखिल नेपाल किसान महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ। अबको थप आन्दोलनका स्वरुपबारे छिटै महासंघको बैठक बसेर जानकारी गराईने महासंघका केन्द्रिय सदस्य चित्रराज तिमल्सिनाले बताए ।

महासंघ ललितपुरका अध्यक्ष रामहरी घिमिरेले किसानलाई मारमा पारेर कर लिने निर्णय कतै नभएको भन्दै विभिन्न ऐनको हवाला दिएर किसानमारा नीति ल्याउनु निन्दनीय रहेको बताउँछन् । एमाले महाङ्काल गाउँ कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाईँले अन्य स्थानीय तहमा किसानलाई सहुलियत ऋण र अनुदानका कार्यक्रम आउँदा महाङ्कालमा दूध र तरकारीमै कर लगाउनु लाजमर्दो र दु:खद भएको बताए ।

प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com