काठमाडौँ । राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका क्विन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ ।

विभागले हिरासतमा भएका आरोपितहरू सङ्कलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आइतबार जिम्मा दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो। उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेकोमा एक जना हाजिरी जमानीमा रिहा भएर बाँकी १७ जना हिरासतमा छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com