काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौंले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार र दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।

आइतबारै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निणर्यकर्तासमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । उक्त आदेशपछि पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धानको ढोका खुलेको छ ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गच्छदार उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्री थिए भने श्रेष्ठ भूमिसुधार मन्त्री थिए । यस्तै २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जोशी भूमिसुधार मन्त्री थिए । त्यसबेला प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सरकारी निवास विस्तारका नाममा ललिता निवासको जग्गामा नक्कली मोही खडा गर्ने र नक्कली मोहीलाई सट्टा भर्ना दिने निणर्य भएको थियो ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com