काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सइ) प्रभाकर खड्काको पेस्तोल चोरी गर्ने दुईजना पक्राउ परेका छन्।

सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका वासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सइ खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो । सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । दुवैजना मोबाइल चोरीमा संलग्न व्यक्ति हुन्।

 

सइ खड्काको घरको पहिलो तलाबाट थामीले अंकुशे लगाई झोला चोरी गरेका थिए । सोही झोलामा पेस्तोल पनि थियो ।थामीले अन्य स्थानीयको पनि मोबाइल चोरी गरेकाले त्यसउपर उजुरी परेको थियो । मोबाइल चोरीको अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेको र पेस्तोल पनि बरामद भएको हो।

पक्राउ परेकाबाट पाँचवटा मोबाइल पनि बरामद भएको र ती मोबाइल चोरीको हुन सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ढुंगेलले बताए । सो घटनामा सइ खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com