काठमाडौँ । साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

यश वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ ।

साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् ।
साउनको अन्तिम सोमवार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ ।

प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com