संयुक्त राष्ट्रसंघले सिरियाको मानवीय अवस्था निकै गम्भीर रहेको भन्दै विश्व समुदायलाई ध्यानाकर्षण गराएको छ ।त्यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र कम्जोर बन्दै गएको भन्दै संयुक्त राष्ट्रसंघीय अधिकारी हरुले चिन्ता व्यक्त गरेका हुन।

मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले पछिल्ला वर्षहरूमा सिरियाको आर्थिक अवस्था निकै कमजोर हुँदै गएको र यही कमजोर आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक हुँदै गएको बताए ।

सिरियामा सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।त्यही समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै अधिकारीहरूले अहिले देशको अवस्था नाजुक भएको बताएका छन्।

अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघर्ष गर्नु परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभूत आवश्यकताहरूको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको राष्ट्रसंघले बताएको छ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com