काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो ।
अवकाशप्राप्त बेलायती सैनिक राईको प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । मन्त्री किरातीकी आमाको पनि केही वर्ष पहिले निधन भइसकेको छ।
बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् ।
प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार
प्रतिक्रिया