काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले  जानकारी दिए ।

उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ । ‘आठवटा शव निकाल्याैँ  । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ । पूरा विवरण एकछिनमा आऊला’, उनले भने, ‘हामी उद्धारमै छाैँ ।’

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएकाे छ ।

प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com