काठमाडौं । सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ।

सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दैछ ।

दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरु बनाइएको छ ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ । लबी, बैठक कक्षदेखि योग गर्न विशेष कक्षसम्म राखेर भवनहरु तयार गरिएका हुन् । शयन कक्षदेखि भान्साकोठासम्म पनि छन् ।

 

हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ । भैंसेपाटीमा संघीय मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका लागि समेत छुट्टा-छुट्टै भवन बनाइरहेको छ ।

 

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com