काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाउन लागिएको सीआईबीका एक जना अधिकृतले बताए ।
हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।
प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार
प्रतिक्रिया